spot_img

प्रधानन्यायाधीश राउत अवकाशमा, सपना मल्ललाई न्यायालयको नेतृत्व

spot_img
spot_img

काठमाडौँ,१७ चैत । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण भोलि चैत १८ देखि अनिवार्य अवकाशमा जान लाग्नुभएको हो ।

कानुन व्यवसायीको सफल पृष्ठभूमिबाट सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीशको गरिमामय पदसम्म पुग्नुभएका राउतको बहिर्गमनसँगै सर्वोच्च अदालतको कमान्ड वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको हातमा पुग्ने भएको छ । मल्लले कायममुकायम प्रधानन्यायाधीशका रूपमा न्यायालयको नेतृत्व सम्हाल्नुहुनेछ ।

कानुन व्यवसायबाट न्यायपालिकामा प्रवेश गरेका राउतले २०७३ सालमा सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा नियुक्ति पाएका थिए। करिब १८ महिना प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका उनले न्यायालय सुधारको प्रतिबद्धता व्यक्त गरे पनि अपेक्षाअनुसार सबै सुधार कार्य पूर्ण रूपमा कार्यान्वयन हुन सकेनन्।

विशेषगरी न्यायपालिकाभित्रको विकृति, भ्रष्टाचार र बिचौलियाको अन्त्य गर्ने विषयमा उल्लेख्य प्रगति हुन नसकेको भन्दै उनको कार्यकालमाथि मिश्रित मूल्यांकन गरिएको छ।

अब नयाँ नेतृत्व सम्हाल्न लागेकी मल्लका लागि न्यायालय सुधारलाई अघि बढाउने, अधुरा कामहरू पूरा गर्ने र बदलिँदो राजनीतिक परिवेशबीच न्यायिक स्वतन्त्रता कायम राख्ने चुनौती देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय