spot_img

सपना प्रधान मल्लले सम्हालिन् कामु प्रधानन्यायाधीश जिम्मेवारी 

spot_img
spot_img

काठमाडौं,१८ चैत । प्रकाशमान सिंह राउत उमेरहदका कारण सेवा निवृत्त भएसँगै सर्वोच्च अदालतको नेतृत्वमा परिवर्तन आएको छ। बुधबारदेखि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल ले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।

कानुन व्यवसायी पृष्ठभूमिबाट आएकी मल्लले न्याय क्षेत्रको लामो अनुभव बोकेकी छन्। यसअघि अवकाश लिएका राउतले करिब ३३ वर्ष वकालत र ८ वर्ष सर्वोच्च अदालतका न्यायाधीशका रूपमा सेवा दिएका थिए। उनी वि.सं. २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका थिए।

राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुँदा नै प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेका थिए। ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि मंगलबार आयोजित कार्यक्रममार्फत मल्लले उनलाई बिदाइ गरेकी थिइन्।

यसैबीच, स्थायी प्रधानन्यायाधीश नियुक्तिका लागि न्याय परिषद् ले मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशको अवकाश हुनुभन्दा एक महिना अघि नै संवैधानिक परिषद् ले नयाँ नाम सिफारिस गर्नुपर्ने हुन्छ। त्यसपछि संसदीय सुनुवाइबाट अनुमोदन भई राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने प्रावधान रहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय