spot_img

मकवानपुरमा चट्याङ लाग्दा एक जना मृत्यु

spot_img
spot_img

मकवानपुर,१८ चैत । मकवानपुरको बागमती गाउँपालिका–१ भैसेमा चट्याङ लाग्दा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङबाट घाइते भएका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयवासीका अनुसार वर्षासँगै परेको चट्याङले उक्त घटना घटेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय