spot_img

ठाकुरराम क्याम्पसको प्रमुखमा डा. केशव कुमार यादव नियुक्त

spot_img
spot_img

वीरगन्ज,१८ चैत । वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस को क्याम्पस प्रमुखमा सहप्राध्यापक केशव कुमार यादव नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालय का उपकुलपति तथा कार्यकारी परिषद्का अध्यक्ष दीपक अर्याल ले बुधबार डा. यादवलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएका हुन्।

त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० अन्तर्गत कार्यकारी परिषद्को चैत १७ गते बसेको बैठकले निर्णय गर्दै डा. यादवलाई चैत १८ गतेदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरिएको हो।
नवनियुक्त क्याम्पस प्रमुख यादवले अब क्याम्पसको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय