spot_img

एमाले संसदीय दल नेता चयन प्रक्रियामा योगेश भट्टराईको आपत्ति

spot_img
spot_img

काठमाडौं,१८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र संसदीय दलको नेता चयन प्रक्रियालाई लिएर असन्तुष्टि सार्वजनिक भएको छ। उपमहासचिव योगेश भट्टराई ले अपनाइएको विधि र शैलीप्रति कडा आपत्ति जनाएका छन्।

बुधबार पार्टीका उपाध्यक्ष रामबहादुर थापा संसदीय दलको नेतामा निर्विरोध चयन भएका थिए। उक्त पदका लागि सांसद सुहाङ नेम्बाङ ले पनि आकांक्षा देखाएका थिए, तर प्रस्तावक र समर्थक नै जुट्न नदिइएको भन्दै आन्तरिक चलखेल भएको आरोप लागेको छ।

यही घटनालाई संकेत गर्दै भट्टराईले वर्तमान परिस्थितिमा यस्तो प्रक्रिया उपयुक्त नभएको बताएका छन्। उनले पार्टी अहिले बहुआयामिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै—निर्वाचन परिणामले धक्का दिएको, नेतृत्वप्रति जनगुनासो बढेको र अध्यक्षसमेत समस्यामा परेको अवस्थामै यस्तो निर्णय शैलीले थप चिन्ता बढाएको बताएका छन्।

भट्टराईका अनुसार, केही समय लिएर सांसद र नेतृत्वबीच छलफलमार्फत सहमति खोज्नु पर्ने थियो। तर सांसदहरूलाई दबाबमा राखेर गरिएको निर्णयले पार्टी एकता र विश्वास दुवैमा असर पार्ने चेतावनी दिएका छन्।

उनको यो अभिव्यक्तिले एमालेभित्र नेतृत्व चयन प्रक्रिया र आन्तरिक लोकतन्त्रबारे बहस अझ तीव्र हुने संकेत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय