spot_img

प्रि–मनसुनमै बढी वर्षा, शुक्रबारदेखि फेरि पानी पर्ने सम्भावना

spot_img
spot_img

काठमाडौं,१९ चैत । देशभर प्रि–मनसुन अवधिमै औसतभन्दा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ।

मौसमविद् बिनु महर्जन का अनुसार फागुन १५ देखि जेठ १५ सम्मको समयलाई प्रि–मनसुन मानिन्छ। सामान्यतया यस अवधिमा करिब २२६ मिलिमिटर वर्षा हुने भए पनि हालसम्म ७७.५ मिलिमिटर वर्षा भइसकेको छ, जुन औसतको झण्डै २९.५ प्रतिशत हो। यो परिमाण सामान्यभन्दा करिब २० प्रतिशतले बढी रहेको बताइएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। विभागका अनुसार बिहीबारसम्म मौसम सामान्यतया सफा रहनेछ भने शुक्रबारदेखि फेरि वर्षा हुने सम्भावना देखिएको छ।

मौसममा तीव्र परिवर्तन भइरहेकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय