spot_img

मितेरी पुल क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण अभियान सम्पन्न

spot_img
spot_img

वीरगन्ज,१९ चैत । वीरगन्ज महानगरपालिका, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजनामा मितेरी पुल आसपास क्षेत्रमा सरसफाइ र वृक्षारोपण अभियान सम्पन्न भएको छ।

पर्यावरण संरक्षण, हरियाली विस्तार र सहरको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत सहभागी भएका थिए।

अभियानअन्तर्गत मितेरी पुल वरपर सरसफाइ गर्नुका साथै नयाँ बिरुवा रोप्ने, र पहिले रोपिएका बिरुवाहरूको निरीक्षण तथा अवस्थाको मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ। साथै बिरुवाको संरक्षण र दीर्घकालीन हेरचाहमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।

स्थानीय समुदाय, प्रहरी तथा विभिन्न संघ–संस्थाको सहकार्यमा सम्पन्न कार्यक्रमले वातावरण संरक्षणमा सामूहिक प्रयासको सकारात्मक सन्देश दिएको आयोजकहरूले बताएका छन्। साथै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय