spot_img

सर्लाहीमा लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा ठप्प

spot_img
spot_img

सर्लाही,१९ चैत । सरकारले ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएपछि भूसेवा प्रयोगकर्ता तथा लेखापढी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। सर्लाहीको हरिवनमा उनीहरूले विरोधस्वरूप आफ्ना सटर बन्द गर्दै मालपोत र नापी कार्यालयको सेवा ठप्प पारेका छन्।

व्यवसायीहरूले आफूहरूलाई विनाकारण बिचौलिया भनेर अपमान गरिएको र कार्यालय हाताभित्र प्रवेश निषेध गरिएको भन्दै आन्दोलन थालेका हुन्। “हामी बिचौलिया होइनौँ” भन्ने नारासहित उनीहरूले पूर्ण रूपमा कामकाज रोकेका छन्।

स्थानीय लेखापढी व्यवसायी कृष्ण भण्डारीका अनुसार कानुनअनुसार काम गर्ने व्यवसायीलाई यसरी प्रतिबन्ध लगाउनु अन्यायपूर्ण भएको छ। “हामीलाई बिचौलिया भन्दै प्रवेश रोक्नु गलत हो, त्यसैले विरोध गर्न बाध्य भएका हौँ,” उनले बताए।

व्यवसायीहरूको आन्दोलनका कारण जग्गा किनबेच, रोक्का, फुकुवा लगायत मालपोत र नापी कार्यालयका सबै सेवा प्रभावित भएका छन्। यसबाट सेवा लिन आएका सर्वसाधारण भने समस्यामा परेका छन्। व्यवसायीहरूले सम्मानजनक व्यवहार र सहज कार्य वातावरण सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय