spot_img

एसईई सुरु भएकै दिनदेखि कपी जाँच, एक महिनाभित्र नतिजा ल्याउने लक्ष्य

spot_img
spot_img

काठमाडौं,१९ चैत । काठमाडौंमा आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) सँगै उत्तरपुस्तिका परीक्षण कार्य पनि तत्कालै सुरु गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार पहिलो दिनको परीक्षा सकिएलगत्तै देशका विभिन्न केन्द्रमा कपी जाँच सुरु गरिएको हो।

बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। परीक्षा सकिएपछि धेरै स्थानबाट उत्तरपुस्तिका परीक्षण सुरु भएको रिपोर्ट आएको अधिकारीले बताए।

यस वर्ष परीक्षण कार्यलाई छिटो सम्पन्न गर्ने लक्ष्यसहित परीक्षा भएको तीन दिनभित्र सम्बन्धित विषयको कपी जाँच सक्ने योजना बनाइएको छ। परीक्षण कार्य केन्द्राध्यक्षको नेतृत्वमा सञ्चालन हुनेछ।

निष्पक्षता कायम गर्न आफ्नै विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीको उत्तरपुस्तिका जाँच गर्न नपाउने व्यवस्था गरिएको छ। त्यसका लागि फरक विद्यालयका शिक्षकबीच रोस्टर बनाएर परीक्षण गरिनेछ।

बोर्डले यस वर्ष एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। यसपटक ५ लाख १२ हजार ४२१ विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन्, जुन चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय