spot_img

“सदनमै विभेद भयो” : हर्क साम्पाङ

spot_img
spot_img

काठमाडौं,१९ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभाभित्रै विभेद भएको आरोप लगाएका छन्। बोल्ने समयको असमान वितरणप्रति असन्तुष्टि जनाउँदै उनले संसदभित्र पनि समान व्यवहार नभएको बताएका हुन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सत्तापक्ष र प्रतिपक्षबीच बोल्ने समयमै ठूलो अन्तर राखिएको उल्लेख गरे। उनका अनुसार सत्तापक्षलाई २५–३० मिनेटसम्म समय दिइँदा प्रतिपक्षलाई भने १०, ५ वा ३ मिनेटमै सीमित गरिनु अन्यायपूर्ण रहेको छ।

उनले आफूहरू पनि जनताबाट निर्वाचित प्रतिनिधि भएको स्मरण गराउँदै संसदमा सबैलाई समान अवसर दिनुपर्नेमा जोड दिए।

यो प्रतिक्रिया रवि लामिछानेले दलित समुदायप्रति विगतमा भएको विभेदबारे माफी मागेपछि आएको हो। साम्पाङले बाहिर विभेदको कुरा गर्ने तर सदनभित्रै समान व्यवहार नहुनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय