spot_img

ओली–लेखक थुनामा राख्न दोस्रो पटक म्याद थप्ने तयारी

spot_img
spot_img

काठमाडाै,१९ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामा राख्न प्रहरीले दोस्रो पटक म्याद थप गर्ने तयारी गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पहिलो पटक पाँच दिनका लागि म्याद थप गरिएको थियो, जसको अवधि बिहीबार सकिँदैछ। सोही कारण आज दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

पहिलो म्याद थपका क्रममा रमेश लेखकलाई अदालतमा उपस्थित गराइएको थियो भने केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्थाका कारण भर्चुअल रूपमा उपस्थित गराइएको थियो। ओली मिर्गौला सम्बन्धी समस्याका कारण हाल महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत छन्।

प्रहरीका अनुसार रमेश लेखकको बयान बुधबारदेखि सुरु गरिएको छ भने ओलीको बयान अझै लिन बाँकी छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको आरोपसम्बन्धी गौरीबहादुर कार्की आयोगको सिफारिसपछि उनीहरू पक्राउ परेका हुन्। अनुसन्धान प्रक्रिया अघि बढ्दै जाँदा म्याद थपको तयारी गरिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय