बीरगन्ज,१९ चैत । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि विवादित व्यवसायी दीपक भट्टलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई काठमाडौंको नक्साल–गैरीधारा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार भट्टमाथि पछिल्ला केही वर्षदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेको थियो, जसलाई हालका दिनमा थप तीव्र बनाइएको हो। जेन–जी आन्दोलनपछिको परिस्थितिसँगै अनुसन्धान प्रक्रिया थप सक्रिय भएको बताइएको छ।
पक्राउ अघि सम्पत्ति शुद्धीकरण विभागले उनको राहदानी रोक्का गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो, जसका आधारमा उनको विदेश यात्रा पनि रोकिएको थियो। उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।




