spot_img

पश्चिम एसियाबाट नेपाली उद्धार गर्न विशेष उडान सुरु

spot_img
spot_img

काठमाडौं,२० चैत । पश्चिम एसियामा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन सुरु गरेको छ। तीन दिनसम्म सञ्चालन हुने यी उडानमार्फत विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तथा गन्तव्यमा पुर्‍याउने व्यवस्था मिलाइएको हो।

नेपाल वायुसेवा निगम का अनुसार आज काठमाडौं–दुबई, ४ अप्रिलमा दुबई–काठमाडौं तथा ५ अप्रिलमा काठमाडौं–दमाम र दमाम–काठमाडौं उडान सञ्चालन गरिनेछ।

सरकारले ती क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षित आवागमन सुनिश्चित गर्न यस्तो व्यवस्था गरेको जनाएको छ। यसअघि परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीबीच बैठक बसेर उद्धार तथा हवाई सेवा सञ्चालनबारे निर्णय गरिएको थियो।

शिशिर खनाल को निर्देशनपछि सुरु गरिएको यस पहलले द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीलाई राहत पुग्ने अपेक्षा गरिएको छ। ती क्षेत्रमा असुरक्षाका कारण गत फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित रहेका थिए।

उडानका क्रममा आवश्यक बीमा व्यवस्थामा सहयोग गरेको भन्दै सरकारले राष्ट्रिय बीमा कम्पनीसहित सम्बन्धित निकायलाई धन्यवादसमेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय