spot_img

धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ

spot_img
spot_img

जनकपुर,२० चैत । धनुषाको लालगढ क्षेत्रबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा निरीक्षक ओकिल अधिकारी रहेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग को क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो। आयोगका अनुसार सडक निर्माण कार्यमा संलग्न सवारी साधनलाई अनावश्यक रूपमा रोक्ने र अवरोध सिर्जना गरी घुस माग्ने गरेको उजुरीपछि उनलाई निगरानीमा राखिएको थियो।

कमला–ढल्केवर–बाग्मती सडक खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यसँग सम्बन्धित सवारी साधनबाट रकम असुल्ने प्रयास भइरहेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय