spot_img

रौतहटमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु

spot_img
spot_img

रौतहट,२० चैत । रौतहटमा आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ।

गढिमाई नगरपालिका–७ स्थित धरमपुर-धनाडी सडकखण्ड अन्तर्गत नहरको बाटोमा दुर्घटना भएको हो। धनाडीबाट धरमपुरतर्फ जाँदै गरेको ना ६ त ९६८३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खेतमा पल्टिएको थियो।

दुर्घटनामा ट्रयाक्टरको इन्जिनले थिचिएर चालक गौर नगरपालिका–६, सबगढाका २८ वर्षीय रञ्जित साहको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय