spot_img

खाडीमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान सुरु

spot_img
spot_img

काठमाडौं,२० चैत । पश्चिम एसियामा बढ्दो तनावका कारण खाडी क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकहरूको उद्धारका लागि सरकारले आजदेखि विशेष उडान सञ्चालन सुरु गरेको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा गरिएको निर्णयअनुसार नेपाल एयरलाइन्समार्फत आगामी तीन दिनमा चारवटा विशेष उडान सञ्चालन गरिनेछ।

आज राति ११:१५ बजे काठमाडौँबाट दुबईका लागि पहिलो उडान प्रस्थान गर्नेछ भने भोलि बिहान ४:१० बजे नेपाली नागरिकहरूलाई लिएर जहाज स्वदेश फर्किने तालिका छ। त्यसैगरी अप्रिल ५ मा साउदी अरबको दमाम केन्द्रित दुईवटा उडान सञ्चालन गरिनेछ।

फेब्रुअरी २८ देखि जारी क्षेत्रीय तनावका कारण नियमित उडान अवरुद्ध हुँदा खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरू समस्यामा परेका थिए। सरकारले उनीहरूको सुरक्षालाई प्राथमिकता दिँदै उद्धार प्रक्रिया अघि बढाएको हो।

यस कदमले विदेशमा समस्यामा परेका नेपाली तथा उनका परिवारलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय