spot_img

अर्काको नाममा परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी रंगेहात समातिए

spot_img
spot_img

हेटौंडा,२० चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएको आरोपमा मकवानपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१० स्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट करिब १८ वर्षीय बिराज बिकलाई नियन्त्रणमा लिइएको हो। उनी अर्काको नाममा जारी गरिएको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा फेला परेका थिए।

प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीका अनुसार बिक हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्। उनले हेटौंडा–१२ पदमपोखरीका अंकिश श्रेष्ठको नाममा जारी गरिएको प्रवेशपत्र प्रयोग गरी परीक्षा दिन खोजेका थिए।

घटनामा संलग्न रहेको आरोपमा अंकिश श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

परीक्षाको निष्पक्षता कायम गर्न सुरक्षा निगरानी कडा बनाइएका बेला यस्तो घटना सार्वजनिक भएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय