spot_img

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर ४० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ

spot_img
spot_img

वीरगञ्ज । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) ओकिल अधिकारी ४० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले शुक्रबार बिहान मिथिला नगरपालिका–४ लालगढबाट उनलाई नियन्त्रणमा लिएको हो।
आरोप अनुसार, अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा कार्यरत ठेकेदारलाई सवारी साधन रोक्ने, अवरोध सिर्जना गर्ने र निरन्तर हैरानी दिने गर्दै घुस असुल्ने प्रयास गर्दै आएका थिए।

निर्माण कार्यमा बाधा नपुर्‍याउने सर्तमा घुस मागिएको उजुरीपछि अख्तियारले निगरानी बढाएको थियो। सोही क्रममा आज बिहान ठेकेदारबाट ४० हजार रुपैयाँ लिइरहेको अवस्थामा अधिकारी पक्राउ परेका हुन्।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय