spot_img

शैक्षिक सत्रअघि विद्यार्थी भर्ना नगर्न सर्वोच्चको अन्तरिम आदेश

spot_img
spot_img

काठमाडौं,२० चैत । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थी भर्ना प्रक्रिया नगर्न सरकार तथा सम्बन्धित निकायहरूलाई आदेश दिएको छ।

शैक्षिक सत्र सुरु नहुँदै केही विद्यालयहरूले विद्यार्थी भर्ना तथा प्रवेश परीक्षा सञ्चालन गरेको भन्दै दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।

रिटमा विद्यालयहरूले नियमविपरीत रूपमा प्रवेश परीक्षा तथा प्रतिस्पर्धाका नाममा भर्ना प्रक्रिया अघि बढाएको आरोप लगाइएको थियो।

यस विषयमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले शिक्षा नियमावलीको विपरीत हुने कुनै पनि गतिविधि नगर्न र निर्धारित शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय