spot_img

देशभरका ७५३ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाइए

spot_img
spot_img

काठमाडौं,२० चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत पदमा कर्मचारी खटाएको छ।

नयाँ सरकार गठनसँगै मन्त्रालयले उपमहानगर, नगरपालिका र गाउँपालिका गरी रिक्त रहेका १४५ स्थानमा प्रमुख प्रशासकीय अधिकृत पठाएको हो। यससँगै ७५३ वटै स्थानीय तहमा प्रशासनिक प्रमुखको पदपूर्ति भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार केही जिल्ला समन्वय समितिहरूमा पनि समन्वय अधिकारी पठाइएको छ। यसअघि चितवन, अर्घाखाँची, इलाम, जाजरकोट, सल्यान, रोल्पा, उदयपुर, महोत्तरी, धनुषा, रौतहट र नवलपरासीलगायत जिल्लामा जिल्ला समन्वय अधिकारी पद रिक्त थिए।

मन्त्री प्रतिभा रावलले मन्त्रालय सम्हाल्दा १४२ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेको बताउँदै हाल सबै तहमा पदपूर्ति भइसकेको दाबी गरेकी छन्।

मन्त्रालयले १६ चैतमा ६३ जना र १९ चैतमा ७८ जना कर्मचारी खटाएको थियो। उपसचिव स्तरका कर्मचारीलाई अधिकांश नगरपालिकामा पठाइएको छ भने तुलसीपुर, घोराही, बुटवल र जनकपुर उपमहानगरपालिकामा सहसचिव स्तरका अधिकृत खटाइएको छ।

मन्त्रालयका अनुसार प्रमुख प्रशासकीय अधिकृत रिक्त हुनुमा कर्मचारीको अनिच्छा, जनप्रतिनिधिको हस्तक्षेप र सरुवा प्रक्रियामा ढिलाइ मुख्य कारण रहेका छन्।

मन्त्री रावलले अब सरुवा तथा खटनपटन ‘मेरिट’ का आधारमा हुने स्पष्ट गर्दै पहुँचका आधारमा निर्णय नहुने बताएकी छन्। साथै, कर्मचारी र जनप्रतिनिधिबीच सहकार्यमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाइने उनको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय