spot_img

मोटरसाइकल चोरीमा संलग्न तीन युवक पक्राउ

spot_img
spot_img

सप्तरी,२० चैत । सप्तरी प्रहरीले मोटरसाइकल चोरी घटनामा संलग्न तीन जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा राजविराज नगरपालिका–१० का १९ वर्षीय शिवनन्दन यादव, वडा नम्बर–४ का १९ वर्षीय सञ्जु यादव र सोही वडाका १९ वर्षीय मो. अफताव रहेका छन्।

प्रहरीका अनुसार बिहीबार राति राजविराज नगरपालिका–३ पोखरेल टोल जाने बाटोमा स्थानीय लालबाबु ठाकुरको घर अगाडि पार्किङ गरिएको मोटरसाइकल चोरी भएको थियो।

चोरीपछि करिब पाँच सय मिटर टाढा लैजाँदै गर्दा मोटरसाइकलको तार सर्ट गरी चलाउने प्रयास गरिरहेको अवस्थामा प्रहरी गस्ती टोलीले शंका लागेर जाँच गर्दा तीनै जनालाई नियन्त्रणमा लिएको सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।

पक्राउ परेकाहरूमाथि चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय