काठमाडौं,२० चैत । ठूलो परिमाणको क्रिप्टो कारोबार र ठगीको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
ठमेलमा बस्दै आएका ३५ वर्षीय झु यि फेङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनलाई नेपाली नागरिकलाई विश्वासमा पारेर ठगी गर्ने र त्यसबाट प्राप्त रकम क्रिप्टो कारोबारमा प्रयोग गरेको आरोप लागेको छ।
प्रहरीका अनुसार उनको नाममा १७ करोड ७९ लाख ७० हजार ३१७ रुपैयाँ बराबरको क्रिप्टो कारोबार भएको पाइएको छ।
पक्राउ परेका फेङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

