१६ हजारभन्दा बढी लागूऔषध क्याप्सुलसहित एक जना पक्राउ

spot_img

सुनसरी,२० चैत । सुनसरीमा ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार राति कोशी गाउँपालिका–१ लौकही चौकबाट १६ हजार ८ सय क्याप्सुल ट्रामोल फेला परेको हो।

इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले उत्तरतर्फ आउँदै गरेको इभी स्कुटर जाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो। पक्राउ पर्नेमा कोशी गाउँपालिका–२ का २५ वर्षीय सञ्जय कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार स्कुटरको अगाडिको खाली भाग र बोरामा प्याक गरी ल्याइएको अवस्थामा ट्रामोल–५० लेखिएको क्याप्सुल भेटिएको हो।

लागूऔषध र स्कुटरसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय