कांग्रेसले मंगलबार संसदीय दलको नेता चयन गर्ने

spot_img

काठमाडौं,२० चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि आगामी मंगलबार निर्वाचन गर्ने भएको छ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दलको नेता चयनका लागि चुनाव गराउने निर्णय गरेको हो।

दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निष्कल राई र भरतबहादुर खड्कासहित नेताहरूले दाबी गरेका छन्।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङदेम्बेले पार्टीको धारणा राखेका थिए।

पार्टीभित्र दुई समूहबीचको आन्तरिक मतभेदका कारण संसद् सुरु भइसके पनि संसदीय दलको नेता चयन हुन सकेको छैन। अन्य सबै दलले भने आफ्नो संसदीय दलका नेता चयन गरिसकेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय