नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

spot_img

काठमाडौं,२१ चैत । आगामी वैशाख २ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तक देशभर वितरण भइरहेको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड ले चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेको र पाँच दिनमै करिब २५ लाख थान पुस्तक बिक्री भइसकेको जनाएको छ।

केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउने लक्ष्यसहित उत्पादन र वितरणलाई तीव्र बनाइएको छ।

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले भक्तपुरस्थित केन्द्रको कार्यालय तथा प्रेसको अवलोकन गर्दै आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पठाइँदै गरिएको केन्द्रले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय