वैदेशिक रोजगारी ठगीमा संलग्न ३५२ जनाको विवरण सार्वजनिक

spot_img

काठमाडौं,२१ चैत । वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३५२ जनाको विवरण सार्वजनिक गरिएको छ।

वैदेशिक रोजगार विभाग ले ठगीमा परेका श्रमिकहरूको उजुरीका आधारमा अनुसन्धान गरी उनीहरूको नाम, ठेगाना र ठगी रकम सार्वजनिक गरेको हो।

विभागका अनुसार आकर्षक रोजगारीको प्रलोभन देखाएर करिब ३६ करोड ५७ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको पाइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

विभागकी महानिर्देशक मिरा आचार्यका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा श्रमिकको हकहित संरक्षण गर्न आवश्यक कदम चालिएको हो।

विभागले इजाजतपत्रबिना वैदेशिक रोजगारसम्बन्धी काम नगर्न चेतावनी दिँदै, चैत १५ गते सूचना जारी गरेको थियो। साथै अभिमुखीकरण तालिम शुल्क ७०० रुपैयाँ मात्र तोकिएको र सोभन्दा बढी शुल्क लिएको पाइएमा तालिम प्रदायक संस्थाको अनुमति स्वतः रद्द हुने चेतावनीसमेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय