काठमाडौं,२२ चैत । प्रतिनिधिसभाको आज बस्ने बैठकले डोलप्रसाद (डीपी) अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको छ।
प्रतिनिधिसभा को बैठक सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे बस्नेछ। बैठकमा ‘डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
अर्याल यसअघि नै शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्विरोध रूपमा सभामुखमा चयन भइसकेका हुन्।
उनको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका थिए भने स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थकका रूपमा रहेका थिए।

