आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

spot_img

काठमाडौं,२२ चैत । आज संघीय संसद् अन्तर्गतका दुवै सदन—प्रतिनिधि सभाराष्ट्रिय सभा—को बैठक बस्दैछ।

बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा डोलप्रसाद (डीपी) अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने मुख्य कार्यसूची रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका अर्याल यसअघि नै निर्विरोध रूपमा चयन भइसकेका हुन्।

उनको उम्मेदवारीमा रवि लामिछाने प्रस्तावक रहेका थिए भने स्वर्णिम वाग्ले, सोबिता गौतमसुनिल लम्साल समर्थक रहेका छन्।

यता, दिउँसो १२:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न विषयगत समितिहरूमा सदस्य मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको छ। साथै, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित हुँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तय गरिनेछ।

त्यसैगरी, बालेन्द्र शाह ले राष्ट्रिय महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यक्रम पनि रहेको छ।

आजको बैठकले नयाँ सभामुखको औपचारिक घोषणा मात्र होइन, संसद्को नियमित कामकारबाहीलाई समेत अघि बढाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय