‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाइएको थियो’ : गृहमन्त्री गुरुङ

spot_img

काठमाडौं,२२ चैत । गृहमन्त्री सुधन गुरुङ ले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको संकेत गर्दै कडा टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ,” जसलाई पछिल्लो समय सरकारले थालेको कडा कारबाहीसँग जोडेर हेरिएको छ।

सरकार गठन भएको छोटो समयमै केपी शर्मा ओलीरमेश लेखक जस्ता उच्च तहका नेतादेखि लिएर गुण्डागर्दीमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि गृहमन्त्रीको उक्त अभिव्यक्ति आएको हो।

उनको भनाइलाई विगतमा राजनीतिक हस्तक्षेपका कारण सुरक्षाकर्मीको काम प्रभावित भएको संकेतका रूपमा व्याख्या गरिएको छ। साथै, वर्तमान सरकारले कानून कार्यान्वयनमा कडाइ गर्दै सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण दिएको सन्देश दिन खोजिएको पनि देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय