कांग्रेसको आधिकारिकता विवाद आज सर्वोच्चमा

spot_img

काठमाडौं,२२ चैत  । नेपाली कांग्रेस भित्रको आधिकारिकता विवादसम्बन्धी मुद्दा आज सर्वोच्च अदालत मा पेसीमा परेको छ।

यो मुद्दा आजको सूचीमा १२औँ नम्बरमा रहेको छ। यसअघि चैत १ गते पनि पेसी तोकिएको भए पनि पालो नआएपछि सुनुवाइ स्थगित भएको थियो।

विवादको केन्द्रमा विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि उत्पन्न भएको मतभेद रहेको छ। उक्त निर्णयलाई निर्वाचन आयोग ले मान्यता दिएपछि असन्तुष्ट पक्षले अदालतको ढोका ढकढक्याएका हुन्।

पूर्व उपसभापति पूर्णबहादुर खड्का ले सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा निर्वाचन आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

आजको सुनुवाइमा दुवै पक्षका शीर्ष नेताहरू अदालतमा उपस्थित भई कानुनी बहस गर्ने तयारीमा छन्। यो मुद्दाको निर्णयले कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र भविष्यको नेतृत्वमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय