बीरगन्ज नाकाबाट ईभी आयातमा उल्लेख्य वृद्धि, सात महिनामा ४९७ गाडी भित्रिए

spot_img

बीरगन्ज,२२ चैत  । बीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो सात महिनामा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ।

बीरगन्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा ४९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्, जसको कुल मूल्य करिब १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ बराबर रहेको छ। यसबाट मात्रै ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा १६५ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए, जसबाट ३५ करोड ५० लाख रुपैयाँ राजस्व उठेको थियो। यसले चालु वर्षमा ईभी आयातमा तीव्र वृद्धि भएको देखाउँछ।

त्यस्तै, विद्युतीय मोटरसाइकल आयात पनि बढेको छ। चालु वर्षको सात महिनामा १,१२८ वटा ई–मोटरसाइकल भित्रिएका छन्, जसको मूल्य ८० करोड ५७ लाख रुपैयाँ बराबर छ।

तर पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनको आयात भने घटेको देखिन्छ। यस अवधिमा ६०९ वटा जिप, कार र भ्यान आयात भएका छन्, जसबाट करिब २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ।

समग्रमा चालु आवको सात महिनामा सवारीसाधन तथा पार्टपुर्जा आयातबाट मात्रै २३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएको भन्सार कार्यालयले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय