काठमाडौं,२२ चैत । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने ले डोलप्रसाद (डीपी) अर्याललाई सभामुख पदमा औपचारिक रूपमा प्रस्ताव गरेका छन्।
संसदको आजको बैठकमा लामिछानेले अर्यालको नाम सभामुखका लागि प्रस्तुत गर्दै उनलाई सर्वसम्मत रूपमा चयन गर्न आग्रह गरेका हुन्।
उक्त अवसरमा उनले अर्यालको उम्मेदवारीप्रति समर्थन जनाउने अन्य राजनीतिक दलप्रति आभार व्यक्त गर्दै राजनीतिक सहमति र सहकार्यको अभ्यासलाई सकारात्मक भनेका थिए।
यसअघि अर्याल सभामुख पदका लागि निर्विरोध निर्वाचित भइसकेका भए पनि आजको बैठकमा उनको नाम औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिएको हो।

