काठमाडौं,२२ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले वर्तमान संसद्ले मुलुकमा देखिएको कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन्।
सभामुख पदमा डोलप्रसाद (डीपी) अर्यालको नाम समर्थन गर्दै बोल्दै उनले संसदको मुख्य जिम्मेवारी प्रभावकारी शासन र कानुनी संरचनालाई मजबुत बनाउनु रहेको उल्लेख गरिन्।
मन्त्री गौतमका अनुसार संसद्ले सरकारलाई जवाफदेही बनाउने, सुशासन सुनिश्चित गर्ने र आवश्यक कानुनी सुधारमार्फत प्रणालीलाई सुदृढ बनाउने भूमिका निर्वाह गर्नुपर्ने छ।
उनले सरकार र संसदबीच समन्वय बढाएर मात्रै प्रभावकारी परिणाम निकाल्न सकिने भन्दै दुवै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
साथै, युवापुस्ताको अपेक्षा सम्बोधन हुने गरी संसद्ले काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै अनावश्यक विवादमा नअल्झिएर काममा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
यसअघि डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्।

