डीपी अर्याल आजै सभामुखको शपथ ग्रहण गर्दै

spot_img

काठमाडौं,२२ चैत  । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा दिउँसो साढे २ बजे अर्याललाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ। शपथपछि उनले आजै पदभार ग्रहण गर्ने तयारी छ।

यसअघि सभामुख पदका लागि अर्यालको मात्रै उम्मेदवारी परेको थियो। त्यसअनुसार प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले उनलाई निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए।

शपथ ग्रहणपछि अर्यालले प्रतिनिधि सभा बैठक सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्।

प्रतिनिधि सभाको अर्को बैठक चैत २३ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय