काठमाडौं,२२ चैत । झक्कु सुवेदीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा चयन गरेको छ। पार्टीको निर्णयअनुसार सुवेदीले उक्त जिम्मेवारी पाएका हुन्।
सुवेदीले आफूलाई दलको नेतामा चयन गरिएको जानकारी आज मात्रै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पत्रमार्फत प्राप्त भएको बताएका छन्।
राष्ट्रिय सभामा नेकपा दोस्रो ठूलो दलको रूपमा रहेको छ, र नयाँ नेतृत्व चयनसँगै संसद्भित्र दलको भूमिका अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

