राष्ट्रिय सभा उपाध्यक्षमा लीला कुमारी भण्डारीलाई उठाउने एमालेको निर्णय

spot_img

काठमाडौँ,२२ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि सांसद लीला कुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बसेको एमाले राष्ट्रिय सभा संसदीय दलको बैठकले भण्डारीलाई उपाध्यक्षको उम्मेदवार बनाउने टुंगो लगाएको जानकारी सांसद सोमनाथ पोर्तेलले दिएका छन्।

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ।

यसअघि उक्त पदमा विमला सुवेदी कार्यरत थिइन्। उनको ६ वर्षे कार्यकाल पूरा भएपछि पद खाली रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय