काठमाडौं,२२ चैत । सरकारले विभिन्न विकास परियोजनाका लागि झण्डै २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार उक्त ऋण सुविधा स्वीकार गर्ने निर्णय गरेको हो।
यसअन्तर्गत डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्टका लागि एशियाली विकास बैंक (ADB) बाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिने निर्णय गरिएको छ।
त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि थप ९५ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गरिएको छ।
सरकारका अनुसार हालको विनिमय दरअनुसार यी सबै ऋणको कुल रकम करिब २८ अर्ब नेपाली रुपैयाँ बराबर पर्छ।

