शुक्लाफाँटामा बाघ गणना सम्पन्न

spot_img

कञ्चनपुर,२२ चैत  । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा राष्ट्रिय बाघ सर्वेक्षणअन्तर्गत बाघ गणनाको फिल्ड कार्य सम्पन्न भएको छ।

निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेका अनुसार शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्स क्षेत्रमा सञ्चालन गरिएको बाघ गणनाको प्रत्यक्ष काम सकिएर अहिले क्यामेरा सङ्कलनको चरणमा पुगेको छ।

गत फागुन अन्तिम सातादेखि ‘क्यामेरा ट्र्यापिङ’ विधिबाट सुरु गरिएको गणनामा निकुञ्ज र डिभिजन वन क्षेत्रमा जडान गरिएका सबै क्यामेराहरू सङ्कलन भइसकेका छन्। अब ती क्यामेरामा कैद भएका तस्बिरहरूको विश्लेषणपछि वास्तविक बाघ सङ्ख्या सार्वजनिक गरिनेछ।

यस अभियानका लागि ७७ जनाको प्राविधिक टोली परिचालन गरिएको थियो भने ५२० वटा स्वचालित क्यामेरा जडान गरिएको थियो।

सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ रहेको तथ्याङ्क थियो। यद्यपि निकुञ्जको आन्तरिक वार्षिक सर्वेक्षणमा भने हाल करिब ४३ वटा बाघ रहेको अनुमान गरिएको छ।

अधिकारीहरूले यस पटकको राष्ट्रिय गणनामा पनि बाघको संख्या त्यही आसपास हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय