राष्ट्रिय सभा उपाध्यक्षमा लिलाकुमारी भण्डारी निर्विरोध

spot_img

काठमाडौं,२२ चैत । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद लिलाकुमारी भण्डारी निर्विरोध चयन भएकी छन्।

संघीय संसद् सचिवालयका अनुसार मनोनयन दर्ताको निर्धारित समयभित्र भण्डारीको मात्रै उम्मेदवारी परेकोले उनी निर्विरोध भएकी हुन्।

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पुजा चौधरी र नेकपाकी सांसद मदनकुमारी शाह गरिमा रहेका छन्।

सचिवालयले उम्मेदवारीबारे औपचारिक सूचना आइतबार अपराह्न सार्वजनिक गर्ने जनाएको छ भने निर्वाचित भएको घोषणा सोमबार बस्ने राष्ट्रिय सभा बैठकमा गरिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय