रेशम चौधरी पक्राउ प्रकरण : फर्जी पत्र काट्ने शाखा अधिकृत विष्ट दोषी ठहर

spot_img

काठमाडौं,२२ चैत । महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ।

नागरिक उन्मुक्ति पार्टीका तत्कालीन अध्यक्ष रेशमलाल चौधरीलाई पक्राउ गराउन फर्जी पत्र जारी गरेको अभियोगमा विष्ट दोषी ठहर भएका हुन्।

गत वैशाख १७ गते उनले जारी गरेको पत्रका आधारमा चौधरी पक्राउ परेका थिए, जसलाई अदालतले अवैध ठहर गरेको हो।

आइतबार न्यायाधीश खिमानन्द भुसालको इजलासले विष्टविरुद्ध दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को चरणमा पेश गर्न आदेश दिएको छ।

अदालतको निर्णयसँगै उक्त प्रकरणमा संलग्न कर्मचारीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढ्ने भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय