धुलोको हैरानीपछि राजविराज–भारदह सडक अवरुद्ध

spot_img

सप्तरी,२५ चैत ।  निर्माणाधीन सडकबाट अत्यधिक धुलो उडेर दैनिक जीवन प्रभावित भएपछि सप्तरीको राजविराज–भारदह सडक खण्डअन्तर्गत तोपा बजारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्।

सुख्खा मौसम र तीव्र हावाहुरीका कारण सडक क्षेत्रमा धुलोको समस्या झनै बढेको स्थानीयको गुनासो छ। स्थानीय राजन यादवका अनुसार निर्माण कम्पनीले नियमित रूपमा पानी नछर्किँदा समस्या झन् जटिल बनेको हो।

व्यस्त सडकमा दैनिक सयौं सवारी साधन सञ्चालन हुने हुँदा धुलोले यात्रु, चालक र पैदलयात्री सबैलाई सास्ती दिएको छ। वातावरण प्रदूषणसँगै स्वास्थ्यमा समेत नकारात्मक असर परेको भन्दै स्थानीय आक्रोशित बनेका हुन्।

स्थानीयहरूले सडक अवरुद्ध गर्दै निर्माण कम्पनीलाई तत्काल धुलो नियन्त्रणका उपाय—विशेषगरी नियमित पानी छर्किने व्यवस्था—गर्न माग गरेका छन्। उनीहरूले सम्बन्धित निकाय सडक डिभिजन कार्यालय लहान प्रति पनि बेवास्ता गरेको आरोप लगाएका छन्।

उक्त सडक निर्माणका लागि २०७९ असारमा ठेक्का सम्झौता भएको भए पनि निर्धारित समयमै काम सम्पन्न नभएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय