काठमाडौँ,२५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।
उनीहरूविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले जिल्ला अदालत काठमाडौं बाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउको अनुमति दिइसकेको भए पनि देउवा दम्पती हाल विदेशमा रहेका कारण तत्काल नियन्त्रणमा लिन नसकिएको अवस्था छ।
प्रहरी तथा सम्बन्धित निकायले उनीहरूको नेपाल आगमनपछि कानुनी प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ।

