भोजपुरमा युवक हत्या चार जना पक्राउ

spot_img

भोजपुर,२६ चैत ।  भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोही नगरपालिका–१४ बेखम्चा क्षेत्रका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार नियन्त्रणमा लिइएको हो।

स्थानीयका अनुसार तामाङमाथि कुटपिटपछि हत्या गरिएको सूचना प्राप्त भएपछि प्रहरी चौकी बोयाँबाट खटिएको टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय