काठमाडौं,२६ चैत । उपसभामुख चयनको प्रक्रिया अघि बढिरहँदा प्रमुख दलहरूबीच समीकरण स्पष्ट हुन थालेको छ।
नेपाली कांग्रेस र नेकपा एमाले ले यसपटक उपसभामुख पदमा आफ्नै उम्मेदवार नउतार्ने र श्रम संस्कृति पार्टी का उम्मेदवारलाई समर्थन गर्ने समझदारी बनाएका छन्।
एमाले उपाध्यक्ष गुरु बराल का अनुसार कांग्रेस–एमालेबीच उम्मेदवारी नदिई श्रम संस्कृतिलाई समर्थन गर्ने विषयमा छलफल भइसकेको छ।
यद्यपि नेपाल कम्युनिस्ट पार्टी ले कसलाई समर्थन गर्ने भन्नेबारे अझै औपचारिक निर्णय गरिसकेको छैन।
श्रम संस्कृति पार्टीले भने उपसभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेको छ। उम्मेदवारी दर्ताको समय आज दिउँसो २ बजेसम्म तोकिएको छ भने निर्वाचन भोलि हुने तय गरिएको छ।
संसदमा निर्णायक शक्ति मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी को समर्थन जसले पाउँछ, सोही उम्मेदवार निर्वाचित हुने सम्भावना बलियो रहेको छ।

