उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

spot_img

काठमाडौं,२६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा ले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

लामाको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा सांसदहरू ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन्।

राप्रपाको समानुपातिक तर्फबाट निर्वाचित लामा उपसभामुखका लागि प्रमुख दाबेदारका रूपमा देखिएकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्ने प्रावधान छ। हाल सभामुख रास्वपाबाट भएकाले उपसभामुख अन्य दलबाट चयन हुने परिस्थिति बनेको हो।

यसै सन्दर्भमा राप्रपाले रास्वपासँग संवाद तीव्र बनाएको थियो। यसअघि रास्वपा सभापति रवि लामिछाने र संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाही बीच पनि यस विषयमा छलफल भएको बताइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय