श्रममन्त्री दीपककुमार साह पदमुक्त

spot_img

काठमाडौं,२६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह पदबाट हटाइएका छन्। उनलाई प्रधानमन्त्री बालेन्द्र शाहले पदमुक्त गरेका हुन्।

साहलाई पदमुक्त गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस प्रमुख आधार बनेको बताइएको छ। पार्टी सभापति रवि लामिछाने ले प्रधानमन्त्रीलाई पत्र पठाउँदै उनलाई जिम्मेवारीबाट हटाउन आग्रह गरेका थिए।

पत्रमा मन्त्री साहले पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय गराउने प्रयास गरेको आरोप उल्लेख गरिएको छ। पार्टीको अनुशासन आयोगको अध्ययनका आधारमा यस्तो निष्कर्ष निकालिएको दाबी गरिएको छ।

यसै विषयलाई लिएर प्रधानमन्त्री शाहले पनि चासो देखाउँदै रास्वपा नेताहरूसँग छलफल गरेका थिए।

स्रोतका अनुसार मन्त्री साहको कार्यशैली र पछिल्ला विवादपछि सरकारभित्र असन्तुष्टि बढेको थियो। उनी महोत्तरी–२ बाट निर्वाचित सांसद हुन्।

त्यस्तै, रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता लाई पनि सचेत गराउन सिफारिस गरेको छ।

सरकारले अब रिक्त मन्त्रालयमा नयाँ जिम्मेवारी दिने वा फेरबदल गर्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय