काठमाडौँ,२६ चैत । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी आफैँ सम्हाल्ने भएका छन्। श्रममन्त्री दीपक शाहलाई पदमुक्त गरेपछि उक्त मन्त्रालयको कामकाज प्रधानमन्त्री शाहले नै हेर्ने गरी निर्णय गरिएको हो।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गर्दै श्रम मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा राखिएको उल्लेख गरिएको छ।
गत १३ गते गठन भएको मन्त्रिपरिषद्मा श्रममन्त्री शाह पदमुक्त भएसँगै अब मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।
अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् रहने राष्ट्रपति कार्यालयले जनाएको छ।

