रास्वपाको समर्थनले सरप्राइज भयो : उपसभामुख उम्मेदवार ठाकुर

spot_img

काठमाडौं,२६ चैत । उपसभामुख पदकी उम्मेदवार रुबीकुमारी ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनले आफूलाई आश्चर्यमा पारेको बताएकी छन्।

बिहीबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रम संस्कृति पार्टीकी सांसद ठाकुरले आफूलाई ठूलो जिम्मेवारी दिइएको भन्दै त्यो पूरा गर्न तयार रहेको प्रतिक्रिया दिइन्।

उनले भनिन्, “म एउटा भुइँमान्छेलाई पार्टी अध्यक्षले यहाँसम्म पुर्‍याइदिनुभयो, मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ। खुसी लागेको छ, जिम्मेवारी ठूलो छ तर म सक्छु।”

ठाकुरले रास्वपाले आफूलाई समर्थन गर्ने निर्णय गरेपछि आफूलाई अप्रत्याशित (सरप्राइज) लागेको पनि बताइन्।

“रास्वपाले समर्थन गर्छ भन्ने थाहा थिएन। म मधेसकी छोरी हुँ, सबैले समर्थन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भनिन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय