spot_img

सीमामा कडाइ गरेर नागरिकलाई दुःख नदिन सरकारलाई एमाले नेता पाण्डेयको आग्रह

spot_img
spot_img

काठमाडौं,१७ वैशाख । नेकपा एमालेका युवा नेता रुपेश पाण्डेय ले नेपाल–भारत सीमामा गरिएको कडा भन्सार जाँचले सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

उनका अनुसार तस्करी नियन्त्रण आवश्यक भए पनि त्यसकै नाममा सामान्य नागरिकलाई अनावश्यक सास्ती दिनु उचित होइन। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिक आर्थिक रूपमा कमजोर भएकाले उनीहरू दैनिक उपभोगका सामानका लागि भारतीय बजारमा निर्भर हुनुपर्ने अवस्था रहेको उनले बताए।

पाण्डेयले तस्करी गर्ने संगठित समूह र घरायसी आवश्यकताका लागि सामान ल्याउने सर्वसाधारणलाई एउटै दृष्टिले हेर्नु गलत भएको टिप्पणी गरे। नीति निर्माणमा यस्तो फरक छुट्याउन नसक्दा आम नागरिक बढी प्रभावित भएको उनको भनाइ छ।

उनले सरकारलाई कर छल्ने र अवैध व्यापारमा संलग्नहरूमाथि कडा कारबाही गर्न आग्रह गर्दै सामान्य नागरिकको दैनिकी सहज हुने नीति अपनाउनुपर्नेमा जोड दिए। सीमा क्षेत्रमा कडाइ बढेसँगै जनजीवन प्रभावित भएको भन्दै उनले तस्करी नियन्त्रण र जनताको सुविधा दुवैलाई सन्तुलनमा राखेर नीति पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय