spot_img

घोराहीमा भूमिहीन सुकुम्बासीको पक्षमा प्रदर्शन

spot_img
spot_img

दाङ,१९ वैशाख । दाङको घोराहीमा भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने विभिन्न संगठनहरूले प्रदर्शन गरेका छन्। उनीहरूले सरकारको पछिल्लो सुकुम्बासी व्यवस्थापन तथा बस्ती हटाउने अभियानको विरोध गर्दै प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन्।

प्रदर्शनमा भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङ, मुक्त कमैया समाज, दलित संगठन तथा गुठीमोही संगठनका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा सरकारको ‘डोजर अभियान’ तत्काल रोक्नुपर्ने माग गरिएको छ। उनीहरूले सुकुम्बासीको उचित पहिचान र व्यवस्थापन नगरी गरिएको बस्ती हटाउने कार्यले मानवअधिकार उल्लंघन भएको दाबी गरेका छन्।

प्रदर्शनकारीहरूले बजार क्षेत्रमा र्‍याली निकाल्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका थिए। उनीहरूले प्रधानमन्त्री नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै सुकुम्बासीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

संगठनका प्रतिनिधिहरूले राज्यले बल प्रयोगको सट्टा दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय